१८ घण्टादेखि थुनिएको कास्कीको किम्रोङ खोला विस्तारै खुल्न थाल्यो

| 2023 Oct 08 | 01:08 pm 3069

पोखरा, असोज २१ । गएराती किम्रोङ खोला र ताउलोको बीचमा ठूलो पहिरो जाँदा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा किम्रोङ खोला १८ घण्टादेखि थुनिएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष हिम बहादुर गुरुङका अनुसार अहिले खोला छेउछाउबाट विस्तारै खुल्न थालेको छ । थुनिएको ठाँउ भिरालो नभएर समथर भएका कारण जोखिम नहुने कुरामा आफू ढुक्क भएको बताएका छन् । यो खोला मोदी खोलामा मिसिने खोला भएको पनि वडाध्यक्ष गुरुङले बताए ।

जोखिमपूर्ण नभए पनि खोलाको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जानकारी गराइएको पनि वडाध्यक्षले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.