यस्तो छ तपाईंको असोज २१ गते आइतबारको राशिफल

| 2023 Oct 08 | 06:43 am 1513

– ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज २१ गते आइतबार, ई.सं. ८ अक्टोबर, २०२३ । तिथि- आश्विन कृष्णपक्ष नवमी, नक्षत्र- तिष्य, योग- शिव, करण- गर, चन्द्रराशि- कर्कट, सूर्योदय ६ः०० सूर्यास्तः १७ः४१ ।

मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

वृष : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

मिथुन : पराक्रम र उत्साहमा कमी आउने छ ।

कर्कट : अतिथिका रूपमा सम्मान पाइनेछ ।

सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

कन्या : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

तुला : आँटेताकेका काममा बाधा हुनेछ ।

वृश्चिक : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मकर : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मीन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्तिको योग छ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.