गुल्मी सम्पर्क समितिको अधिवेशन स्थगन

| 2023 Oct 06 | 02:48 pm 2565

काठमाडाैं, असोज १९ । नेपाली कांग्रेस गुल्मी काठमाडाैं सम्पर्क समितिको असोज २० गते हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगन भएको छ ।

सम्पर्क समितिकाे गत भदाै महिनामा बसेकाे बैठकले मंसिर महिनाभित्र अधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशन जस्तो पर्वलाई भव्य बनाउनका लागि तयारी समय चाहिने भन्दै मंसिर महिनालाई सबै प्रतिनिधिले स्विकार गरेका थिए । सबैले स्विकार गरेको मंसिर महिनाको सट्टा असोज १६ गते राती सामाजिक संजालबाट असोज २० गते अधिवेशन गर्ने निर्णय गरेपछि अधिवेशन प्रतिनिधिले चर्को आलोचना गरेका थिए ।

अधिवेशन प्रतिनिधिको आलोचना र आक्रोसलाई वेवास्ता गरी अधिवेशन गर्ने अड्डी लिएपछि रेसुङ्गा नगर र चन्द्रकोट गाँउपालिकाले लिखित रुपमा २० गते उपस्थिती नहुने व्यहोराको पत्र सम्पर्क समितिलाई बुझाएका थिए । जिल्ला कार्य समितिलाई बोधार्थ दिएर अन्य प्रतिनिधिले समेत पत्र बुझाए पछि आज जिल्ला कार्य समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै भदाैको निर्णय अनुसार मंसिरमा अधिवेशन गर्न निर्देशन दिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.