बिम्सटेक सम्मेलनको सबै तयारी पूरा, २८ अगस्टदेखि पाहुना आउने

रिपोर्ट नेपाल | 2018 Aug 24 | 03:17 pm 2360

काठमाडौं, भदौ ८ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) मुलुकका राष्ट्ररसरकार प्रमुखहरूको चौथो शिखर सम्मेलनको तयारी पूरा भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्सटेकका लागि पाहुना आमन्त्रण र उनीहरूको बसोबासको व्यवस्थाको काम टु‌ंगिएको जानकारी दिए।

मन्त्री ज्ञवालीले सम्मेलनका लागि घोषणापत्र, दस्तावेज र छलफलका वियमा पनि टु‌ंगो लागिसकेको बताए। मन्त्री ज्ञवालीका अनुसार २८ अगस्टमा म्यानमारका कार्यकारी प्रमुख नेपाल आउनेछन् भने २९ अगस्टमा श्रीलंका र भूटानका कार्यकारी प्रमुखहरू आउनेछन्। यसरी नै ३० अगस्टमा भारत, बंगलादेश र थाइल्याण्डका कार्यकारी प्रमुखहरू नेपाल आउनेछन्।

३० अगस्टकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाहुनाहरूलाई दिवा भोजको आयोजना गिरनेछ भने सोही दिन अध्यक्षका हैसियतले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन्। उद्घाटनकै दिन सहभागी राष्ट्रका कार्यकारी प्रमुखहरूले सम्मेलनलाई सम्बोधन पनि गर्नेछन्। ३१ अगस्ट बिहान पाहुनाहरूलाई रिट्रिटको कार्यक्रम राखिएको मन्त्री ज्ञवालीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.