काठमाडौं, भदौ ८ : उपत्यकामा अत्यधिक प्रदुषण बढीरहेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतिय सवारी प्रयोग गर्ने भएकी छन् । यसका लागि राष्ट्रपति कार्यालयले ६० लाख मुल्य बराबरको बिवाइडी कम्पनीको विद्युतिय कार खरिद गरेको बुझिएको छ । बढ्दो सवारी चाँपले उपत्यकामा प्रदुषण बृद्धि भएको अवस्थामा राष्ट्र प्रमुख भण्डारीले विद्युतिय कार चढ्ने निर्णय गरेर प्रशंसनीय कार्य गरेकी छिन् । विद्युतीय सवारीका विषयमा जनचेतना फैलाउने उद्देश्यले पनि राष्ट्रपतिका लागि विद्युतिय गाडी किनिएको राष्ट्रपति कार्यालयले जनाएको छ । दुई घण्टा चार्ज गरेपछि ४ सय किलो मिटर गुड्न सक्ने कारका कारण एकातिर इन्धनको बचावट हुन्छ भने अर्को तर्फ प्रदुषण नहुने जनाइएको छ ।