एसियाली खेलकुद : टि २० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग खेल्ने

| 2023 Oct 02 | 11:30 am 1977

काठमाडौँ, असोज १५ । १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टि २०  क्रिकेटको क्वार्टरफाइनलमा  नेपाल भारतसँग भिड्ने भएको छ । आज सोमबार भएको ‘ड्र’ मा नेपालले  भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

नेपाल र भारतबिचको क्वार्टरफाइनल खेल मंगलबार खेलिने छ । नेपाली टोलीले मंगोलिया र माल्दिभ्सलाई सजिलैसँग हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो । क्वाटरफाइनल बलियो टिम भारतसँग परेकोले नेपाललाई सेमिफाइनलमा पुग्न भने त्यति सहज छैन् । समुह चरणका खेलमा निकालेको जितको हाैसला कारण  भारतलाई कडा टक्कर दिने  पक्कापक्की छ ।

Photo : CAN

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.