काठमाडौँ, असोज १४।एकपटक महाराज रणजित सिंह हात्तीमा बसेर घुम्नका लागि निस्किए । उनी रमाइलो दृश्यावलोक गरी बाटामा जाँदै थिए । उनी जाँदै गरेको बाटोको एक ठाउँमा केही केटाले ढुंगा हानेर पाकेको बेल झारिरहेका थिए । उनीहरू जोडजोडले ढुंगाले हिर्काएर बेल झार्ने प्रयत्न गरिरहेका थिए । संयोगले उनीहरूले हानेको एउटा ससानो ढुंगाले महाराजा रणजित सिंहलाई लाग्यो । ढुंगा धेरै ठूलो नभएकाले उनलाई चोट भने लागेन । महाराजलाई ढुंगाले लाग्नासाथ उनको सुरक्षामा खटिएका सिपाहीले ती केटाहरूलाई समातेर महाराज रणजित सिंहका अगाडि पेस गरे ।
महाराज रणजित सिंहले यस विषयमा आफ्ना मन्त्रीको राय जान्न चाहे । मन्त्रीले भने, ‘महाराज, यसरी बाटामा बसेर जथाभावी ढुंगा प्रहार गर्ने दुष्ट केटाहरूलाई कठोर दण्ड दिनुपर्छ । यिनले यसरी रुखमा ढुंगा प्रहार गर्दा अरूलाई नै लाग्न पनि सक्थ्यो, उनीहरू घाइते पनि हुन सक्थे । अहिले महाराज स्वयं पनि झनै घाइते हुनुभएको थियो ।
(नयाँ पत्रिकाबाट)