बुटवल, असोज १२ । कालिकानगरमा श्री ५ पृथ्वीनारायण शाहको पूर्ण कदको ७ फूटको शालिक स्थापना गरिएको छ।
बुटवल बेलहिया सडक खण्डअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहको शालिक स्थापना गरिएको हो।
बुटवल उपमहानगरपालिका वडा नं १० मा रहेको पृथ्वीनारायण शाह पथका बासिन्दाले राष्ट्र निर्माणमा श्री ५ पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको भन्दै उक्त शालिक निर्माण गरेको बताएका छन् ।
शालिक निर्माणका लागि बुटवल उपमहानगरपालिका र वडा कार्यालयबाट समेत रकम बिनियोजन गरेको गत वर्ष पुष २७ गते वडाध्यक्ष वलु पुनले सिलान्यास गरेको शालिक निर्माणमा अगुवाइ गरेका राप्रपा नेता समेत रहेका रुपसिंह थापाले बताए।
थापाका अनुसार शाहको उक्त शालिक पुष २७ गते पृथ्वीजयन्तीको दिन अनावरण गरिनेछ ।