खण्डन: आफूले वैदेशिक रोजगारीमा पठाउने काम नगरेको चाैधरीको भनाई

रिपोर्ट नेपाल | 2023 Sep 26 | 05:40 pm 1433

काठमाडाैं, असोज ९ । नेपाल प्रहरीको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको आधिकारीक प्रेस वक्तव्य अनुसार सुधा चाैधरीले वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगेको कुराको प्रकाशन समाचार प्रति चाैधरीले खण्डन पठाएकी छन् ।

अपराध अनुसन्धान कार्यालयको प्रेस नोटपछि रिपोर्ट नेपाल डटकममा वैदेशिक रोजगारीका लागि अल्वानिया पठाउइदिने भनी ठगि गर्ने चाैधरी पक्राउ भन्ने समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारलाई लिएर चाैधरीले प्रेस काउन्सिलमा उजुरी दर्ता गर्दै आफू काठमाडाैंका विभिन्न अफिसमा रोजगारी गर्दै आएको र वैदेशिक रोजगारी सम्बन्धी कुनै कार्य नगरेको जनाएकी छन् । उनले आफ्नो उजुरीमा २०८० भदाै २९ गते दुवै पक्षको संयुक्त निवेदनबाट वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृतबाट निर्णय भई उजुरी फरफारक भएको जनाएकी छन् ।

संलग्न नै नभएको भनी चाैधरीले पठाएको खण्डन प्रकाशन गरिएको छ ।

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पठाएको प्रेस नोट यस प्रकार छ:

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.