स्याङ्जा, असोज ९ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रामेश्वर नेपालीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका १३ बस्ने ५५ वर्षीय नेपाली जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
नेपालीले १३ वर्षकी बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको निवेदनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।