इन्द्रजात्रामा २० विदेशी र २२ स्वदेशी पाहुनाले अवलोकन गर्ने

| 2023 Sep 26 | 11:54 am 1469

काठमाडौं, असोज ९। यसवर्ष  २०८० को   इन्द्रजात्रामा महानगरले भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय ८ र राष्ट्रिय स्तरबाट भगिनी सम्बन्ध राखेका ७ स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ, २० विदेशी र २२ स्वदेशी, अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुख सहभागी हुने भएका छन् । काठमाडौं महानगरपालिकाको निमन्त्रणमा सहभागी पाहुनाहरू आजबाट काठमाडौं आउनेक्रम जरिहुने छ ।

जस अनुसार चीनका, अमेरिका र कोरियाका केही शहरका प्रमुख नेपाल आउने भएका छन् । कामपा सूचना विभाग प्रमुख महेश काफ्ले भगिनी सम्बन्ध भएका चीनका १७, अमेरिकाका १ र दक्षिण कोरियाका २ जना विदेशी पाहुना नेपाल आउन लागेका हुन् । इन्द्रजात्रा अवलोकन गर्न सिटी नेटका कार्यक्रम संयोजक पनि नेपाल आउन लाग्नुभएको जनाएका छन् ।

आजबाट नेपाल आउने सबै पाहुनालाई होटल सोल्टीमा खाने र बस्ने व्यवस्था गरिएको छ । इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय पर्वको रूपमा परिचय दिन पाहुना बोलाएको महानगरले जनाएको छ । पाहुनालाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोका केन्द्रित हाँडीगाउँ, स्वयम्भु र भक्तपुर दरबार क्षेत्रको अवलोकन, कुमारी र रथ यात्राको अवलोकन गराउने कार्यक्रम तय गरेको छ ।

११ गते मुख्य जात्रा अवलोकन गरेपछि १२ गते भक्तपुर दरबारक्षेत्र भ्रमण गराउने कार्यक्रम तय भएको महानगरले जनाएको छ । चार दिनको बसाइपछि सबै पाहुनालाई औपचारिक रूपमा बिदा दिनेगरी तयारी थालेको छ । महानगरले केही पर्यटकीय क्षेत्र भ्रमण गराउने कार्यक्रम तय गरेको छ । उमहानगरले पर्यटकीय सम्भावनाको आकर्षण भएकोले यसलाई अन्तर्राष्ट्रियकरण गरिएको जानकारी छ ।

महानागरले इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा सांस्कृतिक, सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै प्रवक्ता मानन्धरले जीवित देवीकुमारी, गणेश र भैरवको रथारोहण, रथयात्रा, विभिन्न परम्परागत वाद्यवादन, गायन, नाचजस्ता कार्यक्रम सञ्चालन गरेर नेपालको बारेमा जानकारी दिन पाहुनालाई निमन्त्रण गरेको बताए ।

महानगरले विदेशी पाहुनालाई परराष्ट्र मन्त्रालयसँग समन्वय गरी पत्राचार गरेको थियो । कामपाले महानगरसँग भगिनी सम्बन्ध भएका अमेरिकाको युजिन, रोचेस्टार, फेडरिक्सवर्ग र बोल्डर, जापानको मात्सुमोतो, बेलारुसको मिन्स्क, म्यानमारको यांगुन, उत्तर कोरियाको प्योङयाङ, भारतको वाराणसी , चीनको सियान, ल्हासा, सेन्जेन, लान्चोउ, छेन्दु, नान्जी र स्पेनको मेड्रिट शहरसँग भगिनी सम्बन्ध कायम गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.