काठमाडौँ , असोज ८ । रेसुङ्गा नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले निर्माण व्यवसायीकाे लापरवाही र समयमा काम नगरेका कारण सिङ्गाे व्यवस्था र जनप्रतिनिधि माथि जनता खनिन थालेको बताएका छन।
प्रमुख पन्थीले उक्त कुरा साेमबार सडक विभागका महानिर्देशक शिशिर बाबू ढकाल र सालझण्डी,पटाैटी,खर्ज्याङ,सिमिचाैर हुदै तमघास जाेडिने सडक अन्तर्गत कंचनखाेला देखि खुर्सानेडाँडाकाे सडक निर्माण कम्पनीका प्रमुखको संयुक्त बैठकमा बताएका हुन।
रमण कन्ट्रक्सन कम्पनीले १३ किमि सडक निर्माण गर्न पुरै लापरवाही र ढिलासुस्ती गरेपछि प्रमुख पन्थीले आक्रोश व्यक्त गरेका हुन। प्रमुख पन्थीकाे आक्राेश स्वभाविक भएको भन्दै महानिर्देशक ढकालले निर्माण कम्पनीका संचालकलाइ दबाव दिएपछि फागुन भित्र असी प्रतिशत काम भ्याउने बचन कम्पनीका संचालकले दिएका छन।
त्यसको उत्तरमा प्रमुख पन्थीले बचन पूरा गरे फूलमालाले सम्मान गर्ने अन्यथा माननीय र जनता ल्याएर कम्पनी संचालककाे घर घेरा हाल्ने चेतावनी दिएका थिए।