शब्द कोषबाट ॐ’ हटाउने रिटमा राय दिन एमिकस क्युरी माग

| 2023 Sep 24 | 03:53 pm 1465

काठमाडौँ ७ असोज । प्रज्ञा प्रतिष्ठानको शब्द कोषबाट ॐ’ लाई शब्द हटाउने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदाललते एमिकस क्युरी माग गरेको छ।

सरकारले शब्द कोषबाट ‘ॐ’ शब्द हटाउन गरेको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र टपेन्द्रबहादुर कार्कीले २०७३ भदौमा सर्वोच्चमा रिट दायर गरेका थिए।

सात वर्षपछि बिहीबार सवोच्चले रिटको अन्तिम सुनुवाइका लागि राय दिन न्यायाधीश कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले नेपाल बार एसोसिएसनसँग एमिकस क्युरी माग गरेको हो।

‘ॐ’ शब्द नेपाली भाषा संस्कृतको अभिन्न अंग भएको अवस्थामा त्यसलाई हटाउन भएको निर्णयले नेपाली भाषा संस्कृतमाथि आक्रमण भएको जिकिर निवेदक नेपालले गरेको छन्। एमिकस म्युरी पठाउँदा भाषाको ज्ञान भएको व्यक्तिलाई पठाउन सर्वोच्चले भनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.