निर्मला हत्याबारे अनुसन्धान गर्न सह–सचिव मैनालीको नेतृत्वमा समिति गठन

रिपोर्ट नेपाल | 2018 Aug 23 | 04:46 pm 1657

काठमाडौं, भदौ ७ : गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

बलात्कारपछि हत्या प्रकरणको विरोधमा कञ्चनपुरमा भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा अाज कर्फ्यू समेत लगाइएको छ । भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य भागमा पनि बालिकाका हत्यारालाई कारबाही माग गर्दै थालिएको प्रदर्शन झन् चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालिन कर्फ्यू जारी गरेको हो ।

बिहीबार दिउँसो भीमदत्त नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय नजिकै प्रदर्शनकारी र प्रहरीबीच रक्तपातपूर्ण झडप भएको थियो । यो झडपका क्रममा प्रहरीको गोली लागेर कम्तिमा पनि आठजना प्रदर्शनकारी घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.