असोज ४ देखि २० गतेसम्म पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द हुने

| 2023 Sep 19 | 07:44 pm 1201

काठमाडौं, असोज २। पृथ्वी राजमार्गको नाैविसे-मलेखु सडक खण्ड अन्तरगत धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोलासम्म सडक विस्तारको काम चलिरहेकोले असोज ४ गतेदेखि २० गतेसम्म  रातिको समयमा चार घण्टा बन्द रहने भएको छ ।

सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द रहने छ । यो अवधिमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारी साधान चलाउन रोक लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.