जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ

| 2023 Sep 19 | 03:03 pm 1501

काठमाडाैं, असोज २ । वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खोटाङ  घर भई हाल काठमाडाैं,  मैतीदेवी बस्ने  ४५ वर्षको राज कुमार गुरुङ र सुनसरी इटहरी घर भई हाल काठमाडाैं घट्टेकुलो बस्ने २८ वर्षिय उदय गुरुङले  टेक प्रसाद गौतमलाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु भनी ठगी गरेका हुन् ।

उनीहरुले गाैतमलाई कुक भिषामा पठाइदिने भनी २ लाख ७० हजार लिई सम्पर्क विहिन भएका थिए । पक्राउका लागि बैदेशिक रोजगार विभागले पत्राचारका आधारमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले उनीहरुलाई काठमाडाैं, घट्टेकुलोबाट पक्राउ गरी अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको कार्यालयका सुचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.