चिर्पट प्रहार गरी आफ्नै बाबुको हत्या

| 2023 Sep 19 | 02:24 pm 1313

कपिलवस्तु, असोज २ ।  आफ्नै ६० वर्षीय बुवा बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय बिकाश परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा आफ्नै छोराले चिर्पट प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.