काठमाडाैं, भदाै ३१ । हेटाैडामा चिकित्सक माथी हातपात भएको विरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघसँग सरकारले वार्ता गर्नका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा आन्दोलन गर्दा विरामीको ज्यान जान सक्ने कुराप्रति मध्यनजर राख्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पाँच सदस्यीय वार्ता समिति गठन गरेको जनाइएको छ ।
समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ ।
उक्त समितिले अहिले नै वार्ताका लागि चिकित्सकलाई आव्हानसमेत गरिसकेको छ ।