यस्तो छ तपाईंको भदौ २९ गते शुक्रबारको राशिफल

| 2023 Sep 15 | 06:30 am 7365

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ २९ गते शुक्रबार, ई.सं. १५ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र कृष्णपक्ष औंशी, ६ः२२ बजेपछि प्रतिपदा, नक्षत्र- उत्तरफाल्गुनी, योग- शुभ, करण- नाग, चन्द्रराशि- सिंह, सूर्योदय ५ः४९ सूर्यास्तः १८ः०७ ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मिथुन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कुम्भ : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

मीन : स्थायी भन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.