मुक्तकहरू

रिपोर्ट नेपाल | 2023 Sep 14 | 05:31 pm 2425

भोका पेटलाई छैन खाना नाङ्गो जिउलाई नाना

खाना लाउन सक्या छैन न छ ताना बाना

छैन घरमा अन्न पानी सुकिसक्यो पेट

छोराछोरी धेरै जन्मे सबै साना साना ।

मेची काली सीमाभित्र हामी बसेका छौं

उद्योगधन्दा केही छैन भको फ्याँकेका छौं

अरु देश विकास गरी कहाँ पुगिसके

अन्योलको भुमरीमा हामी फसेका छौं ।

स्वस्थ शरीर राख्नलाई हिँड्नु पऱ्या छ

जँचाउँदा चिकित्सकले यही कुरा गर्या छ

शरीर सबै लुगलुग कामी सक्यो यता

ठूलै पीर शरीरलाई पर्नु पर्या छ ।

दोहोरी डण्डी बियो खेल्दा फाइदा हुन्छ

जुवा तास खेल्दा धनको नास हुन्छ

जान्दा जान्दै अनभिज्ञ किन हुनुपर्यो

सज्जन भए पो धर्तीमा धेरै बास हुन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.