काठमाडौँ,भदौ २८।संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज ११ बजे गरिने भएको छ। पार्टी प्रचार विभागका सचिव गगन विष्टले नेम्वाङको अन्त्येष्टि आज ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने जानकारी दिएका छन्।
आज सरकारले शोक विदा दिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नेम्वाङको निधनप्रति सार्वजनिक बिदा दिएको हो।
आज नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।
संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८०।०५।२६ गते बिहान असामयिक निधन भएको छ।
(अन्नपुर्णबाट)