कैदीबन्दीबीच विवाद हुँदा वीरगञ्जको बालसुधार गृहमा रातभर तनाब

| 2023 Sep 13 | 11:11 am 2417

पर्सा, भदाै २७ । वीरगञ्जस्थित बाल सुधार गृहमा कैदीहरुबीच विवाद भएपछि रातभर तनाबग्रस्त भएको छ । गएराति बाल सुधार गृहमा रहेका कैदीहरूबीच विवाद हुँदा तनाब उत्पन्न भएको हो ।

सुधारगृहमा रहेका दुई समूहबीच विवाद हुँदा तनाब उत्पन्न भएको कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले जानकारी दिए । उनका अनुसार आक्रोशित कैदीहरूले सुधारगृहमा तोडफोड समेत गरेका छन् । अहिले स्थिति सामान्य बनिसकेको उनले बताए ।

भक्तपुरबाट आएका कैदी र यहाँका कैदीबीच विवाद भएको उनले बताए । यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.