डोल्पाबाट हराएका मेजर पण्डितको १६ दिनपछि शव फेला

| 2023 Sep 12 | 06:08 pm 14717

डोल्पा, भदाै २६ । गत भदाै १० गते अपरान्ह ४ बजे ब्यारेकबाट निस्किएका नेपाली सेनाका मेजर विमल पण्डितको १६ दिन पछि शव फेला परेको छ।

डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीया पण्डितको शव त्रिपुराकोट नगरपालिका-५ चिन्डेबगरस्थित भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भएका मेजर पण्डित सम्पर्कविहीन बनेपछि घर परिवारले खोजतलासका लागि चाैतर्फी आग्रह गरेका थिए ।

मृत अवस्थामा भेटिएका मेजरको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनै लगिएको छ। मेजर पण्डित इभिनङ्ग वाक जाने भन्दै आफ्ना अंगरक्षक समेत नलिई निस्केका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.