बाँके, भदाै २६ । नेपालगंज उपमहानगरपालिका – १५ जमुनाहबाट सशस्त्र प्रहरीले ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।भारत घर बताउने ३० वर्षिय ईस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाह) बाँकेले नियन्त्रणमा लिएको हो ।
भारतबाट यूपी ३२ एल.एच. ३७०४ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको जनाइएको छ । नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ र मोटरसाईलक सहित आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।