जुवातास खेलिरहेको अवस्थामा तीनजना जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2023 Sep 12 | 05:29 pm 2081

काठमाडौं, भदाै २६ । काठमाडौं महानगरपालिका-१२ भोटेवहालस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा काठमाडौं छाउनी बस्ने  भगवतीमाई गाउँपालिका-६, दैलेख घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं टेकु बस्ने  भगवतीमाई गाउँपालिका-६, दैलेख घर भएका २२ वर्षीय लक्ष्क्षीराम रोकाया सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.