काठमाडौँ,भदौ २६।राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू स्तब्ध भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
(नयाँ पत्रिकाबाट)