करोना पीडितको रकम नगरप्रमुखद्वारा हिनामिना गर्ने प्रयास

| 2023 Sep 11 | 01:54 pm 2533

– प्रेमचन्द्र झा

रौतहट,भदौ २५। नेपाल सरकारले करोना पीडितलाई सहयोग गर्न दिएको अनुदान रकममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन । परोहा नगरपालिकाले २ बर्ष आगाडी करोना पीडितलाई सहयोग रकम वितरण गर्न एक सहकारी संस्थालाई दिएपनि हालसम्म वितरण नगरे पछि अनियमितता भएको दाबी स्थानीयले गरेका हुन् ।

नेकपा माओवादीका नेता परोहा नगरपालिका वडा नम्बर ४ का अमिन्द्र यादवले दिएको जानकारी अनुसार पालिकामा क वर्गको वैंक हुदा हुँदै पनि पुजनिय सहकारी संस्थाको खातामा रकम पठाई नगरप्रमुख शेख वकिलले नियतबस भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन ।

नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थाले रकम हिनामिना गर्न खोजेको आरोप लगाउदै स्थानिय युवा ईन्जिनियर सतेन्द्र प्रसाद यादवले बुधवार सम्म सबै करोना पीडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने सामाजिक सञ्जाल मार्फत चेतावनी समेत दिएका छन ।

नगरप्रमुख शेख वकिलको नियत सही भएको भए करोना पीडित जनताको लागि आएको सहयोग समयमा वितरण गरिनु पर्ने थियो, अहिलेसम्म वितरण नगरिनुको अर्थ के हो – नेता यादवको भनाई थियो ।

परोहा नगरपालिकालाई नेपाल सरकारले करोना पीडितलाई सहयोग गर्न ससर्त अनुदान शिर्षकमा ९० लाख रुपैया पठाएको र रकम फ्रिज नहोस् भनी सहकारी संस्थाको खाता रकम पठाउन लगाएको नगर प्रमुख शेख वकिलले बताए । सबै वडामा रकम बितरण भई रहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बाँकी रहेको पनि बताए ।

वडाको सिफारिसमा नगरपालिकाले उक्त रकम वितरण गर्न निकै कठिनाई भएको र चुनाव बिचमा परेका कारण पनि आफुले बदनाम हुने डरले केही समय रकम रोकेर राखेको नगर प्रमुख शेख वकिलले स्विकार गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.