नेपाल आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फूटवल खेल्दै

| 2023 Sep 11 | 11:58 am 1481

काठमाडाैं, भदाै २५ । नेपाल -म्यानमार मैत्रीपूर्ण फूटवलको दोस्रो खेल आज हुँदैछ । खेल म्यानमारको राजधानी यानगोङ्गमा नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ। पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोलीसँग नेपालले गोलरहित बराबरी खेलेको थियो।  उक्त खेलमा नेपाली फरवार्ड अन्जन विष्टले पेनाल्टीलाई गोल गर्नबाट चुकेका थिए ।

अन्जनलाई नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर म्यानमारविरुद्ध रहेको छ। म्यानमारविरुद्ध मात्र एक गोल गरेको खण्डमा अन्जनलाई नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमानी बराबरी गर्ने अवसर प्राप्त हुनेछ।

नेपाल विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेलका लागि म्यानमार गएको हो। फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारीको रुपमा लिएको छ।

प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश युवा खेलाडी समावेश गर्दै राष्ट्रिय टिमलाई तयार गरेका छन्। पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टिमले म्यानमारविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गरेको थियो।

तस्वीर: एन्फा फेसबुकपेज

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.