बागलुङ, भदाै २४ । प्रदेश सांसद दोर्ण कुँवरले जननायक बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद अहिलेसम्मकै उत्कृष्ट र सान्दर्भिक भएको बताएका छन् ।
बीपी कोइरालाको १ सय १० औं जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस बागलुङ क्षेत्रीय समितिद्वारा बुर्तिबाङ्ग सामुदायिक अस्पतालका विरामीलाई फलफूल बितरण गर्ने कार्यक्रममा सांसद कुँवरले उक्त कुरा बताएका हुन् ।
अस्पतालमा विरामीलाई फलफूल र अस्पतालको सरसफाइका लागि सामाग्री समेत वितरण गरिएको थियो । फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति तारानाथ पाैडेल, प्रदेश सभापति मेसलाल शर्मा, क्षेत्रीय सभापति जोखलाल बुढा मगर, महाधिवेशन प्रतिनिधि तिल बहादुर अधिकारी, दिपेन्द्र श्रेष्ठ, यानु पोवी सम्मको उपस्थिती रहेको थियो ।