ललिता निवास प्रकरणका १७ आरोपीहरुलाई धराैटीमा छोड्न अदालतको आदेश

| 2023 Sep 10 | 04:27 pm 3897

काठमाडौँ, भदाै २४ । बहुचर्चीत ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौँले  १७ जना आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ ।  जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले उक्त आदेश दिएको हो ।

थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

धराैटीमा रिहा गर्न आदेश दिएकामा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुर गुरुङसँग  २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यसैगरी  शिवजी भट्ट–३ लाख ३० हजार,  रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार, कलाधर देउजा –१५ लाख,  घमन कुमार कार्की– ७ लाख ५० हजार, गोपाल कार्की –७ लाख ५० हजार, विनोद पौडेल– १५ लाख, योगराज पौडेल– ७ लाख ५० हजार, नारायणराज मिश्र –७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठ –७ लाख ५०, ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार, बाबुराजा महर्जन– १ लख १० हजार, देवनारायण महर्जन – १ लाख १०,  सकलानन्द महर्जन– १ लाख १० हजार, सञ्जय कुमार महर्जन– १ लाख १० हजार, लोकहरी घिमिरे –७ लाख ५० हजार धराैटी माग गरिएको छ । थुनामा रहेका केशव तुलाधरलाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.