काठमाडौं, भदौ २३ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि सिनामंगल क्षेत्रमा राजश्व विभागले समातेको ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु कमल परियार र वीरेन्द्र नेपाली रहेका छन् । ब्रेक सु मा लुकाई छिपाई गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
सीआईबीले यो प्रकरणको अनुसन्धान यही हप्ताभित्र सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।