बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

| 2023 Sep 09 | 09:14 am 21601

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाडिले आफ्नै कर्मचारी सवार स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु

धरान,भदौ २३।जिरोप्वाइन्टमा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाडिले आफ्नै कर्मचारी सवार स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएकाे छ।

बिपी जयन्तीको अवसरमा आयोजित दौड प्रतियोगितामा भाग लिन पुगेकी यस प्रतिष्ठानमा कार्यरत कर्मचारी अम्बिका माखिम र उनका पति प्रभुदयाल चौधरी सवार स्कुटरलाई प्रतिष्ठानकै बसले ठक्कर दिँदा अम्बिकाको मृत्यु भएको हो । उनका पति चौधरी घाइते भएका छन् ।

बिपी प्रतिष्ठानको को१क ११५९ नम्बरको बस ब्रेक फेल भइ प्रदेश १ ०-०२-०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएको बस विद्युतको पोलमा ठोक्किएर रोकिएको छ ।

स्कुटीमा सवार अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानका चिकित्सक उपेन्द्र यादवले जानकारी दिए । आज प्रतिष्ठानको ३०औं स्थापना दिवसको अवसरमा कार्यक्रमकाे आयोजना गरिएकाे छ । (नयाँ पत्रिकाबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.