यस्तो छ तपाईंको भदौ २३ गते शनिबारको राशिफल

| 2023 Sep 09 | 08:26 am 2917

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ २३ गते शनिबार, ई.सं. ९ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र कृष्णपक्ष दशमी, नक्षत्र-आद्र्रा, योग- व्यतीपात, करण- वणिज, चन्द्रराशि- मिथुन, सूर्योदय ५ः४६ सूर्यास्तः १८ः१४ ।

मेष : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

वृष : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मिथुन : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

कर्कट : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

सिंह : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

कन्या : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

तुला : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

वृश्चिक : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

धनु : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

मकर : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

कुम्भ : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

मीन : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.