नेपालबाट चोरबाटो अमेरिका मानव तस्कर गर्ने गाैतम पक्राउ

| 2023 Sep 08 | 06:18 pm 6201

काठमाडौं, भदाै २२ । नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने नेपालीमूलका अमेरिकी नागरीक हस्त गाैतमलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।

गाैतमलाई नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान व्यूरोले भारत हुँदै नेपाल आउने क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका गौतमले प्रहरीसँग आफूले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गर्दै २ सय जनालाई अमेरिका पुर्याइसकेको र १३ जना अहिले पनि बाटोमा भएको बताएका छन् ।

विशेष सुराकीका आधारमा मानव बेचविखन व्यूरोले गाैतमलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.