अष्ट्रेलिया पठाईदिन्छु भनी लाखाैं रकम ठगी गर्ने महिला पक्राउ

| 2023 Sep 08 | 05:35 pm 2397

काठमाडाैं, भदाै २२ । वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने भने ठगि गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा भक्तपुर घर भई काठमाडाै सामाखुशी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठ रहेकी छन् ।

उनले आशामाया लामालाई अष्ट्रेलिया पठाइदिने भनी प्रलोभनमा पारी  पटक पटक गरी ९ लाख लिई सम्पर्क विहिन भएकी थिइन् ।

यस सम्बन्धमा वैदेशिक रोजगार विभागबाट काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी गरेको पत्राचार अनुसार कार्यालयको  प्रहरी टोलीले रत्न केशरी श्रेष्ठको खोजतलास गरी सामाखुशीबाट पक्राउ गरी  कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको सुचना अधिकारी एवं प्रवक्ता रविन्द्र रेग्मीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.