काठमाडाैं, भदाै २२ । आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि जेल चलान भएका व्यवसायी प्रदीप रुङ्गटा एक दिन पनि जेल नबसी धरौटीमा छुट्ने आदेश पाएका छन् । व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते रुङ्गटालाई पूर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो ।
घटना भएको तीन महिनापछि अदालतमा उपस्थित भएका रुङ्गटा अदालतको आदेशपछि पनि जेल जान मानेनन् र बिरामीको कारण देखाएर हालसम्म पनि उनी चितवन मेडिकल कलेजमा उपचार गरिरहेका छन् । जिल्ला अदालतको आदेशपछि रुङ्गटा पक्ष धरौटीमा छाड्न माग गर्दै उच्च अदालत हेटौंडा गएको थियो ।
आज सार्वजनिक बिदा भएकाले आइतबार रुङ्गटा धरौटीमा छुट्ने भएका छन् । अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले कम्पनीको दायित्व बोध नगरी आफुलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए । – घटना र विचारबाट