अझै फेला परेनन गुल्मपति पण्डित

| 2023 Sep 08 | 01:43 pm 3689

काठमाडाैं, भदाै २२ । गत भदाै १० गते आफ्नो अङ्ग रक्षकलाई समेत नलिई  निस्कीएका डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपति  विमल पण्डित अझै फेला पर्न सकेका छैनन् ।

गुल्ममा कसैलाई सुइको सम्म नदिई आइतवार साँझ दुनैस्थित ब्यारेकबाट निस्किएर जिप रिजर्भ गरि त्रिपुराकोटसम्म पुगेको र त्यसपछि उनले एक स्थानीय व्यापारीलाई फोनपेमार्फत २६ हजार ट्रान्सफर गरिदिएर उनीसँग नगद लिएर त्यहाँबाट हिँडेको जनाइएको छ  । सोही दिन उनले परिवारसँग फोन सम्पर्क गरेको देखिएको छ। तर त्यसपछि भने उनको मोबाइलको स्वीच अफ रहेको  प्रहरीले जनाएको छ ।

सम्पर्क विहिन भएका पण्डितलाई प्रहरी, सेना र आफन्तले सबै सम्भाव्य ठाउँहरुमा खोजतलास गर्दा समेत फेला पार्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीका अनुसार पण्डितको नियमित खोजी कार्य भइरहेको छ । जिल्लाका सबै प्रहरी यूनिटमा फोटो पठाइएको र खोजी कार्यलाई फराकिलो बनाउन निर्देशन दिइएको बुढाथोकीले बताए । गुल्मपति पण्डितको खोजतलासका लागि नेपाली सेनाले समेत छुट्टै कमाण्ड बनाएर खोजी गरिरहेको छ । १२ दिन सम्म उनको कुनै सुइको नपाएपछि कतै विरक्तिएर धार्मिक अश्रमतर्फ त लागेनन् भन्ने पनि आशंका उत्पन्न भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.