काठमाडाैं, भदाै २२ । काठमाडाैं उपत्यका, पोखरा र झापाका बिभिन्न स्थानहरुबाट लागु औषध कारोवार गर्ने व्यक्तिहरुलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
अवैध लागु औषध कारोबार भईरहेको गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो तथा मातहतबाट व्यापक मात्रामा प्रहरी टोली परिचालन गरी अवैध तथा नियन्त्रित लागु औषध कारोबार गर्ने ब्यक्तिहरुलाई लागु औषध सहित पक्राउ गरेको हो । उनीहरु उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।
यसरी पक्राउ पर्नेमा कास्की, पोखरा २५ हेम्जाबाट पुर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका वडा नं.२ बस्ने बर्ष ४१ को दिपेश पुन, सोही गाउँपालिका वडा नं. १, मैकोट बस्ने बर्ष ४० को बिराज पुन र जिल्ला बाग्लुङ, निसिखोला गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३८ तेजेन्द्र बहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुबाट ५ केजी ७०० ग्राम अफिम बरामद गरेको छ ।
यसैगरी लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा प्रहरीको संयुक्त टोलीले बाटिक एयरको फ्लाइटद्धारा काठमाडाैंबाट मलेसिया हुँदै थाईल्याण्ड प्रस्थान गर्न लागेका लम्जुङ, दोर्दी गाउँपालिका ५ बस्ने बर्ष ३४ को सुन्दर गुरुङ, बर्ष ४७ को औताराम गुरुङ र काठमाडाै नागार्जुन नगरपालिका ३ बस्ने बर्ष ४५ को बिकास भन्ने बिरु समेतको साथबाट अवैध लागु औषध चरेश ११ के.जि. ७०० ग्राम सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको व्युरोले जनाएको छ ।
त्यस्तै ब्यूरोबाट खटिएको प्रहरी टोलीले जि. काठमाडौं, टोखा न.पा. १० बाट जिल्ला बाजुरा, बुढी नन्दा गा.पा. वडा नं. ८ बस्ने बर्ष १९ को प्रवेश रोकाया र जि.सप्तरी, खडक न.पा. ८ बस्ने बर्ष ३९ को पशुपती सरदार समेतको साथबाट नियन्त्रित लागु औषध ११३५ एम्पुल र नाईट्रोभेट १३६५ ट्याब्लेट सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ।
यसैगरी ब्यूरोबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका १. बस्ने बर्ष ४९ को शिद्धिराम शिल्पकारको साथबाट अवैध लागु औषध खैरो हेरोईन २१ ग्राम सहित पक्राउ गरी यस ब्यूरोबाट थप अनुसन्धान भईरहेकोमा सोही लागु औषध कारोवारको संजालमा संलग्न जि.पाँचथर फालेलुङ गा.पा. ६ घर भै हाल का.जि.का.म.न.पा. १४ बस्ने बर्ष ३५ को जंग बहादुर राईलाई अवैध लागु औषध खैरो हेरोईन १४२ ग्राम र नगद रु. ९,५०,०००।– (नौ लाख पचास हजार) सहित पक्राउ गरी थप अनुसन्धान गर्दै जांदा सोही संजालमा संलग्न जि.झापा भद्रपुर न.पा. ६ चन्द्रगढीबाट भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला नक्सालबारी थाना बस्ने बर्ष २८ की कल्याणी बर्मन, ऐ.ऐ. बस्ने बर्ष २८ की राधा सिंह र बर्ष २४ को कल्याण बर्मन समेतको साथबाट अवैध लागु औषध खैरो हेरोईन १९७ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको व्युरोले जनाएको छ ।