काठमाडौं, भदौ ६ : ललितपुरको गोदावरीमा घुम्न गएकी एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । चिनेका केटा साथीसँग मोटरसाइकलमा घुम्न गएकी १८ वर्षीय युवतीमाथि गोदावरीमा बलात्कार प्रयास भएको हो ।
केटा साथीले काठमाडौंको गोंगबुबाट घुम्न जाउँ भनेपछि गोदावरी पुगेकी किशोरीले केटा साथीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले गोदावरी घुम्न गएकी युवतीले केटा साथीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दिएको बताए ।
‘युवतीका तर्फबाट उजुरी प्राप्त भए पछि अनुसन्धान अगाडि बढाएका छौं,’ एसएसपी धानुकले लोकान्तरसँग भने, ‘युवतीले भनेअनुसार बलात्कार प्रयास गर्ने युवकको खोजी भइरहेको छ ।’