तीन याैन पिपाशु प्रहरीको चिसो छिंडीमा

| 2023 Sep 07 | 06:02 pm 48185

बर्दिया, भदाै २१ ।  ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका-९ माछागढ बस्ने ३९ वर्षीय  शेर बहादुर थापालाई  प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती महिलालाई बारबर्दिया नगरपालिका-४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी:  १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका-४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस्तै: अर्की १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुम गाउँपालिका-२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.