काठमाडाैं, भदाै २१ । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरपालिका र अन्तरगतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको हो ।
वडा अध्यक्ष रिजालको आज बिहान ७ः३० बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको अस्पतालले बताएको थियो।
नेपाली कांग्रेसको तर्फबाट दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत हुन्।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।
