काठमाडाैं, भदाै २१ । यस अघि पटक पटक अन्तिम फैसलाका लागि पेशी तोक्दै हेर्न नभ्याइने भनि पन्छयाउदै आएको क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ।
लामिछाने विरूद्धको मुद्दा आज तेस्रो नम्बरमा परेको छ। सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको सुनुवाइ गर्न भनेपनि जिल्ला अदालतले भने विभिन्न कारण देखाएर पछाडि धकेलि राखेको छ। आज अन्य आदेश वा नभ्याइनेमा नपरे मुद्धाको अन्तिम सुनुवाईका लागि बहस हुने अनुमान गरिएको छ । यसअघि भदौ १० गते न्यायाधीश न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासले पेशी सूचीको ५ औं नम्बरमा परेको उक्त मुद्दा हेर्न नभ्याउने भनेर पन्छाएका थिए।
त्यसपछि लामिछाने एशिया कप क्रिकेटमा सहभागी हुन पाकिस्तान हुदै श्रीलङ्का पुगेर नेपाल फर्किसकेका छन् ।