काठमाडौं, भदाै २१ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजालको डेङ्गुका कारण निधन भएको परिवार स्रोतले जनाएको छ ।
वडाध्यक्ष रिजालको आज बिहान टोखा स्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रिय सभापति समेत हुन् ।
रिजाल दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि फोहोर व्यवस्थापनको विषयमा दिएको विश्लेषण सहितको अभिव्यक्ति निकै चर्चामा आएको थियो ।
सामाजिक सञ्जालमा समेत निकै सक्रिय रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका थिए ।