के हो अटिजम,किन हुन्छ?

रिपोर्ट नेपाल | 2023 Sep 05 | 12:56 pm 2605

अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्था मात्र हो। यो एक किसिमको जन्मजात विशेष अवस्था हो। अटिजमलाई रोग भन्नु भनेको अटिजमप्रतिको गलत बुझाई हो । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । संक्षेपमा भन्नुपर्दा, अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो भन्ने बुझ्नुपर्छ । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ ।

अटिजम हुनुमा ९० प्रतिशत वंशानुगत र १० प्रतिशतमा बाहिरि कारक तत्वहरू जिम्मेवार हुन्छन। बाहिरि कारक तत्वहरूलाई न्यूनीकरण गर्न सकीए अटिजम केही हद सम्म कम गर्न सम्भव हुन्छ।

गर्भावस्थामा अत्यधिक तौल वृद्धि।

गर्भवती आमाको अनियंत्रित थायराइड र डायबिटीजको समस्या।

गर्भवती आमाको धूम्रपानको लत, गर्भावस्थामा इन्फ्लुएन्जा संक्रमण।

गर्भवती आमामा रक्त अल्पता, भिटामिन डी र ओमेगा ३ फ्याटी एसिड को कमी।

गर्भावस्थामा फोलिक एसिड को पूरक मात्राको कमी।

छोटो जन्मान्तर,आमा र बुवाबीच धेरै उमेरको अन्तर, बुवाको पाको उमेर, आमाको कम वा पाको उमेर।

कीटनाशक औषधी प्रयोग गरिएको खाद्य पदार्थ, वातावरणीय प्रदूषण।

शिशुमा जन्मजात थायराइडको कमी।

अटिजमको सामान्य लक्षणहरु

एक्लै खेल्न मन पराउने

आँखा जुधाउन नसक्नु

अस्वभाविक रुपमा हाँस्ने वा कराउने,

उमेर अनुसार बोली नफुट्ने,

आफू समान उमेरसमूहका साथीहरूसँग घुलमिल हुन मन नपराउने

घाउचोट लाग्दा दुखाई महशुस नहुनु,

सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु

साङ्केतिक भाषाको प्रयोग गर्न नसक्नु

उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु

ठूलो आवाज सुन्दा कान थुन्ने

झर्को लागेको जस्तो व्यवहार देखाउने

एउटै मात्र खेलौना खेलिरहनु

सामान्य शिक्षण विधिबाट पठनपाठन गर्न नसक्नु

–  महिलास्वास्थ्यबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.