स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

| 2023 Sep 04 | 02:08 pm 1741

काठमाडौं, भदाै १८ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गरेका छन्। इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत सोमबार इजिप्ट प्रस्थान गरेको उनका प्रेस संयोजक रामचन्द्र दुलाले जानकारी दिए।

उनका अनुसार इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
उनीसँगै मन्त्रालयका सचिव विकास देवकोटा भ्रमणमा भाग लिन प्रस्थान गरेका छन् ।  मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.