वीर अस्पतालको नयाँ भवनबाट खसेर एक जनाको मृत्यु

| 2023 Sep 04 | 01:35 pm 4541

काठमाडाैं, भदाै १८ ।  वीर अस्पतालको नयाँ भवनबाट खसेर एक जनाको मृत्यु भएकाे छ । भवनको छैटौं तलाबाट खसेर एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको हाे ।

उनी आइतबार राति २ बजेतिर भवनबाट खसेको अस्पतालको सीसीटीभी फुटेजमा देखिएको बताइएको छ  । अन्दाजी ४० वर्षका मृतक पुरुषको हालसम्म पहिचान हुन नसकेको अस्पताल स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.