राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता

| 2023 Sep 04 | 01:26 pm 1813

काठमाडाै‌ं, भदाै १८ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच राष्ट्रपति भवन शितलनीवासमा भेटवार्ता भएकाे छ।

सोमबार बिहान राष्ट्रपति भवन शीतलनीवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.