इद मनाउने क्रममा झडप: प्रहरीद्वारा २ राउण्ड हवाइ फायर, १० जना घाईते

| 2018 Aug 22 | 12:24 pm 1609

महोत्तरी- लोहारपट्टि नगरपालिका ३ महदैयातपनपुरमा बकर–इद (इदुल जोहा)को नबाज(प्रार्थना) पढ्ने क्रममा बिवाद भई दुई पक्षबीच झडप हुँदा १० जना स्थानीय घाईते भएका छन्।

स्थिती तनावपूर्ण बने पछि प्रहरीले दुई राउण्ड हवाई फायर गरे पनि अवस्था अझै तनावग्रस्त नै रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख डिएसपी खगेन्द्र बहादुर खडकाले बताएको छ ।

दुई पक्षीय झडपमा सोही ठाउँका ४५ वर्षीय रिस्तम राईन , १८ वर्षीय सुनि राईन , ३५ वर्षीय अतावुल राईन , ४५ वर्षीय अहमद राईन , ५० वर्षीय युनिस राईन , अनिस राईन , मञ्जुर कवारी , अख्तर राईन र जलाउदिन राईन घाईते हुन पुगेको डिएसपी खडकाले जानकारी दिए ।

घाईते मध्ये गम्भिर अवस्थााका ४ जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको र अन्य घाइतेहरुको स्थानीयस्तरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

महदैया तपनपुरमा पहिल्यैदेखि मुस्लिम समुदाय दई चिरामा विभाजित रहेको र बुधबार विहान इदको अवसर पारेर नवाज पढने क्रममा कुन समूहले पहिले दान दिएर नवाज पढ्ने भन्ने विषयमा विवाद सुरु भएको थियो। मंगलबार नै दुवै समूहबीच शान्तिपूर्ण रुपमा इद मनाउने आपसी सहमति भएपनि बुधबार विहान नवाज पढने क्रममा दुवै पक्ष झडपमा उत्रेका हुन्।

घटनाबारे जानकारी पाएलगत्तै यलाका प्रहरी कार्यालय लोहारपटिबाट खटिएको प्रहरी टोलिले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नु परेको डिएसपी खडकाले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.