माओवादीको तीनमहिने अभियान आजबाट

| 2023 Sep 02 | 07:38 am 1321

काठमाडौँ, भदौ १६।आठ लाख पार्टी सदस्य बनाउने, २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने

सत्तारूढ दल माओवादीले आठ लाख सदस्य पुर्‍याउने लक्ष्यसहित तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको छ । सदस्यता नवीकरण र विस्तारमार्फत लक्ष्य पूरा गर्ने गरी माओवादीले अभियान सुरु गर्न लागेको हो ।

शनिबारबाट सुरु हुने अभियानका लागि माओवादीले पदाधिकारीसहित केन्द्रीय सदस्यलाई पालिका हुँदै वडा तहसम्म खटाएको छ । अभियानमार्फत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य लिइएको शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख अग्नि सापकोटाले बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्दै छन् । सापकोटाले जनतासँग माओवादी अभियानअन्तर्गत जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराउने बताए । साउन तेस्रो साता सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले रूपान्तरण अभियान घोषणा गरेको थियो ।

(नयाँ पत्रिकाबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.