कविता
चाडपर्वहरुमा तिम्रै सम्झनाले मुटु दुख्छ आमा,
तिमी भन्दा महान कोही छैन यहाँ ।
कहाँ हरायाै कहाँ विलायाै ?
सपनिमा आउ न आमा ।
जब वात्सल्यको कमी महशुस हुन्छ,
हराउन मन लाग्छ तिम्रै अधरमा ।
कति चाँडो दैवले चुँडेर लग्यो,
तस्विर हेर्न सक्दिन, कहिलेकाँही लाग्छ,
फेरी फर्काै त्यही अतितमा ।
अश्रुधारा बर्षन थालेछन,
ब्रह्ममुहुर्तमा थिए जब ध्यानमा ।
तिमि भन्दा महान छैन कोही यहाँ